मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

समाचार

रुपन्देही, ९ माघ । सैनामैना नगरपालिका–४ लुम्बिनीस्थित सडकमा लु.९ प ३०३४ नम्बरको मोटरसाइकलको ठक्करबाट  सोही ठाउँ बस्ने २३ वर्षीया लक्ष्मी श्रीस मगरको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । 

आफूले सामान किन्दै गरेको ठेलालाई लु.८ प ४१७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि आत्तिएर बाटो काट्ने क्रममा लु.९ प ३०३४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो ।

दुवै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ