आगलागीबाट १५ लाखको धनमाल जलेर नष्ट             

समाचार

सुनसरी, ९ माघ । दुहबी नगरपालिका–२ तुथाहा बस्ने दिपक पोदार र विवेक धिमालको किराना र चिया पसलमा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ