भारतले अयोध्यादेखि जनकपुरसम्म रामजानकी मार्ग निर्माण गर्ने

समाचार

काठमाडौं, ९ माघ । भारत सरकारले भगवान रामको जन्मभूमि अयोध्यादेखि जानकीको जन्मस्थल जनकपुरधाम जोड्ने चारलेन सडक निर्माण गर्ने भएको छ ।

रामजन्मभूमि भारत उत्तर प्रदेशको अयोध्यादेखि नेपालको जनकपुरधामस्थित सीताको जन्मभूमि जनकपुरधामसम्म चारलेन रामजानकी मार्ग सडक निर्माण गर्ने भारत सरकारले जनाएको छ । 

भारतको केन्द्र सरकारका सडक परिवहन एवं राजमार्गमन्त्री नितिन गडकरीले बिहार सरकारका पथ निर्माण विभागमन्त्री नितिन नवीनलाई पत्र लेखेर यसको जानकारी गराएका हुन् ।  

पीएम प्याकेज बिहार–२०१५ अन्तर्गत यस मार्गको २०० किलोमिटर उक्त भागलाई चार लेनको सडक बनाउने काम एनएचआईले गरिरहेको छ ।

जसको लागि बिहार सरकारले केन्द्र सरकारसँग स्वीकृति मागेको थियो ।  जसको स्वीकृतिसहितको पत्र केन्द्र सरकारले विहार सरकारलाई जानकारी गराएको हो ।

बिहार राज्यको राम जानकी मार्गको ४ लेनको मापदण्ड अनुसार विकास गरिने छ । राम जानकी मार्ग उत्तर प्रदेशमा भगवान रामको जन्मस्थल अयोध्याबाट शुरु भएर जनकपुरमा अन्त्य हुन्छ ।

माता सीताको जन्मस्थल बसन्ती बहालगंज बिहार राज्यको महराउना घाट, सिवन चाकिया, सीतागढी, भिठामोर हुँदै जनकपुरमा अन्त्य हुने पत्रमा उल्लेख छ ।

रामजानकी मार्ग उत्तर प्रदेशको सिमानामा रहेको मेहरौनाबाट सुरु भएर सीतामढी जिल्लाको नेपाल भारत सीमाको भिठामोडसम्म यसको लम्बाइ लगभग २४० किलोमिटर रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ