मोरङ : पाँच केजीभन्दा बढी गाँजासहित एक जना पक्राउ

समाचार

मोरङ, १० माघ । रतुवामाई नगरपालिका–८ डाँडागाउँ बस्ने ४५ वर्षीय कृष्ण राईलाई करिब ५ केजी ३ सय ९० ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । 

आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ