पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

समाचार

बारा, १० माघ । जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा ना.३ च ८८५१ नम्बरको पिकअपले ना.५१ प ३४९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ बस्ने ३४ वर्षीय धर्म प्रसाद सापकोटाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो । 

पिकअपले उक्त मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई ना.६ ख ८६६८ नम्बरको ट्रकले समेत उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ