धनगढी, १० माघ । सुदूरपश्चिम प्रदेश सरकारका १२ जना उच्च पदस्थ कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयका १२ जना कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव ढुण्डीप्रसाद निरौलासहितका पाँचजना, सामाजिक विकास मन्त्रालयका छ जना र भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको जनाइएको छ ।
मुख्यमन्त्रीका निजी सचिवसहितका अन्य दुई जनालाई पनि संक्रमण भएको छ । संक्रमण पुष्टि भएका कर्मचारीहरु आइसोलेसनमा बसेका छन् ।
यसैगरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत एक जना कार्यालय सहयोगीलाई पनि कोरोना पुष्टि भएको छ । संक्रमितहरुको अवस्था सामान्य रहेको र आइसोलेसनमा रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया