लोसपाले मनायो गजेन्द्र नारायण सिंहको २०औं स्मृति दिवस

समाचार

काठमाडौं, १० माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशवादका प्रणेता स्व.गजेन्द्र नारायण सिंहको २०औं पुण्यतिथिको अवसरमा स्मृति दिवस मनाएको छ ।

सोमबार बबरमहलस्थित लोसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित स्मृति दिवसमा अध्यक्ष महन्थ ठाकुरले स्व.सिंहको तस्वीरमा माल्यार्पण गरी श्रद्धासुमन व्यक्त गरेका छन् ।

स्व.सिंहले मधेशी राष्ट्रियता, शोषित उत्पीडित वर्ग समुदायको हक अधिकार र मूल प्रवाहीकरणमा गरेको योगदानबारे लोसपाले स्मरण गर्दै श्रद्धासुमन व्यक्त गरिएको लोसपाका नेता डा.सुरेन्द्र झाले बताए ।

सिंहको पुण्यतिथिको अवसरमा आयोजित स्मृति दिवसमा लोसपाका नेताहरु अकवाल अहमद शाह, केशव झा, ट्रेड युनियनका अध्यक्ष केशवराज अधिकारी लगायतका नेता कार्यकर्ताहरुले समेत श्रद्धा सुमन व्यक्त अर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ