नेपालगन्जबाट लागूऔषध र नगदसहित पक्राउ 

समाचार

बाँके, १० माघ । नेपालगंज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट करिब ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, नगद १ लाख ८३ हजार ६० रुपैयाँ र ¥यापर कागज सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका–१० ट्राफिक चोक बस्ने ३५ वर्षीया मुन्नि जोलाह, सोही उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारी रहेका छन् । 

वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई उक्त पदार्थ तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ