काठमाडौं, ११ माघ । नेपाली जनता दलले यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा आफ्ना प्रदेश सभा सदस्य, नगर/गाउँपालिका प्रमुख तथा उपप्रमुखहरुलाई ह्वीप जारी गरेको छ ।
वर्तमान राजनीतिक गठजोडका बीच तटस्थ रहनुपर्ने वाञ्छनीय देखिएको भन्दै दलले कुनै पनि उम्मेदवारलाई मत नदिइ तटस्थ रहन ह्वीप जारी गरेको हो ।
दलका राष्ट्रिय अध्यक्ष पूर्वसांसद हरिचरण शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – नेपाली जनता दल मार्फत निर्वाचित तथा नेपाली जनता दलको चुनाब चिन्ह चक्का छाप मार्फत निर्वाचित सम्पूर्ण प्रदेश सभा सदस्य , नगर ÷गाउँ पालिका प्रमुख तथा उपप्रमुखज्यूहरुलाई तटस्थ रहन ह्वीप मार्फत् आग्रह गर्दछौं ।’
तपाईको प्रतिक्रिया