चरेससहित एक जना पक्राउ

समाचार

कैलाली, ११ माघ । धनगढी उपमहानगरपालिका–४ एकताटोलबाट करिब ९ सय ग्राम अवैध लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने ५० वर्षीय नर बहादुर धामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ