बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार

धनुषा, ११ माघ । गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पूलस्थित सडकमा ना.७ ख ७४४३ नम्बरको बसको ठक्करबाट  पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवालको सोमबार राति मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ