७३औं गणतन्त्र दिवस मनाउँदै छिमेकी मित्रराष्ट्र भारत 

समाचार

काठमाडौं, १२ माघ । छिमेकी मित्रराष्ट्र भारत आफ्नो ७३औं गणतन्त्र दिवस मनाउँदैछ । जनवरी २६ का दिन भारतका संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइने गरिन्छ ।

सन् १९५० जनवरी २६ मा गणतन्त्रात्मक सरकार प्रणाली लागु भएको सम्झनामा भारतले आजको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउदै आएको छ ।

गणतन्त्र दिवसको दिन पारेर विभिन्न कार्यक्रम गरिदैछ । सोहीअनुरुप काठमाडौंस्थित भारतीय राजदूतावासले पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ