ब्राउनसुगरसहित युवक पक्राउ

समाचार

बाँके, १४ माघ । नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरबाट एक युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

करिब १९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २६ वर्षीय अस्फान अन्सारीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

सीमा प्रहरी चौकी जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ