जबरजस्ती करणी गर्ने तीन जना पक्राउ

समाचार

मोरङ, १४ माघ । सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिललाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त होटलका संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।

गत शुक्रबार ती महिलालाई ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पु¥याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर शनिबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन र सुरजलाई नियन्त्रणमा लिएको थियो ।

घटनामा संलग्न फरार रहेका सुधान्सुलाई मंगलबार ईलाम सूर्योदय नगरपालिका–१२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा फेला पारी १ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जना उपर जबरजस्ती करणी मुद्दामा आवश्यक कारबाही अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ