वीरगन्ज, १४ माघ । चिनियाँ हस्तक्षेप, अघोषित नाकाबन्दी, सीमा अतिक्रमणविरुद्ध राष्ट्रिय एकता अभियानले वीरगन्जमा पनि प्रदर्शन गरेको छ ।
वीरगञ्जस्थित घण्टा घरमा भएको प्रदर्शनको क्रममा चिनियाँ राष्ट्रपति सी चिङपिङविरूद्ध चर्को नाराबाजी गर्दै अभियानले पुतलासमेत दहन गरिएको हो ।
प्रदर्शनको क्रममा अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा लगाएका थिए ।
त्यस्तै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर पनि चीनविरुद्ध नारा लगाइएको थियो ।
अभियान निकट राष्ट्रिय विद्यार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहाको नेतृत्वमा भएको प्रदर्शनमा चिनियाँ चिनियाँ राष्ट्रपति सी चिङपिङको पुतला पनि दहन गरिएको छ ।
पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै अभियानले चरणबद्धरुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।
चिनियाँ राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ ।
तपाईको प्रतिक्रिया