सर्लाही, १५ माघ । मलंगवा नगरपालिका–७ गणेशिया चोकबाट करिब २० केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका–२ बैकुण्ठ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश २–००१ ह १४०२ नम्बरको टेम्पुलाई अस्थाई प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पुमा सवार करिश्मालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
साथै टेम्पु चालकलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया