धनुषा, १५ माघ । जनकपुर उपमहानगरपालिका–१८ महुवास्थित सडकमा ज.११ प ७९७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी बर्दिबास नगरपालिका–१३ बिजलपुरा तीन नम्बर टोल बस्ने २६ वर्षीय संजय राउत र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय बीरेन्द्र दासको घट्नास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल हुँदै बिराटनगरतर्फ पठाइएको छ ।
तपाईको प्रतिक्रिया