चीनमा नेपालबारे भ्रम फैलाइँदै

समाचार

काठमाडौं, १५ माघ । चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वका चीनमा नेपालबारे भ्रामक र झुटा समाचार फैलाउने गरेको पाइएको छ ।

चिनियाँ सामाजिक सञ्जाल उइबो (weibo.com) मा सन् १७९२ मा सीनो गोर्खा युद्धका क्रममा चिङ राजवंश (qing dynasty)ले नेपालको काठाडौंसम्म आक्रमण गरेको भन्दै गलत सुचना भाइरल गरिएको पाइएको हो ।

नेपाल कहिल्यै पनि कसैको अधिनमा नरहेको विश्वको एक मात्र देश हो । तर, चिनियाँ सामाजिक सञ्जालमा भने नेपाल चिङ राजवंशको शरणमा परेको भन्ने किसिमको भ्रामक सुचना प्रशारण गरिएको छ ।

उक्त अफवाह जनक पोस्टमा त्यतिबेला नेपालमा कुन राजवंश थियो भनेरसमेत उल्लेख गरिएको छैन । त्यतिबेलाको युद्धको नेतृत्व योद्धा राजकुमार बहादुर शाहले गरेका थिए भने राजगद्दीमा रणबहादुर शाह थिए ।

यस्तै उक्त पोस्टमा सीनो गोर्खा युद्धलाई समेत गलत ढंगले प्रस्तुत गरिएको छ । यो युद्ध वास्तवमा नेपाली पक्षले तिब्बती बेइमान शासकहरू विरुद्ध सुरु गरेको थियो ।

जसले दुई देशबीच हुने गरेको व्यापारमा गुणस्तरीय सिक्का प्रयोग नगर्ने गलत रणनीति चालेका थिए । चीनमा तिब्बतको कब्जा गरेको दमनकारी चिङ राजवंशविरुद्ध नेपालले लडाँइ सुरु गरेको थियो ।

तर, यस बिषयमा चीनमा भने, 'तिब्बत विजय गरेको पछि चिङ राजवंशले हिमालय श्रृखला पार गर्यो र गोरखाको राजधानी याङ्बु (अहिलेको काठमाडौं) सहरमा पुगे, निराश भएको गोर्खा राजाले चिङ वंशलाई समर्पण गर्न र प्रत्येक पाँच वर्षमा सम्मान दिने आफ्नो इच्छा व्यक्त गर्यो,' भन्दै अफवाह फैलाएको पाइएको हो ।

सुरुमा जगनम जियानिंग नामक व्यक्तिले गरेको उक्त पोस्ट अहिले उइबो र अन्य चिनियाँ सामाजिक सञ्जाल भरी चर्चामा रहेको बताइएको छ ।

वास्तवमा कुनै पनि नेपाली राजाले आफुलाई चिनियाँ राजवंशको शरणमा पारेका थिएनन्, र न कुनै चिनियाँ राजा काठमाडौं पुगेको थियो ।

यद्यपि, सन् १७९२ मा दुवै देशबीच एक सन्धि भएको थियो जसअनुसार नेपाल तिब्बती मामिलामा हस्तक्षेप नगर्न तयार भएको थियो र चिनियाँ पक्षले व्यापारका लागि तिब्बतमा सहज र खुला आवतजावत गर्न दिने भएको थियो ।

सन्धिको सद्भावमा नेपाल र चीनले एकअर्कालाई बहुमूल्य उपहार दिँदै सम्मान गर्ने गरेका थिए । तर, यो कुरालाई समेत तोडमोड गर्दै तस्बिरमा देखिने कलाकृति नेपालमा चिङ वंशको शासन स्वीकार गरेको संकेतस्वरुप नेपालीले उपहार दिएको भनिएको छ। – नेपालपानाबाट

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ