काठमाडौं, १६ माघ । धर्मनिरपेक्षताका कारण लोकतन्त्र र गणतन्त्र खतरामा परेको भन्दै नेपाल पुनः हिन्दू राष्ट्र हुनुपर्ने माग लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता कृष्णा सिंहले माग गरेका छन् ।
लोसपाका नेता सिंहले लोकतन्त्र र गणतन्त्र बचाउन नेपाल हिन्दू राष्ट्र घोषणा हुनैपर्ने बताएका हुन् ।
नेता सिंहले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘नेपालको राजनीतिक पार्टी, वरिष्ठ नेता, अध्यक्षहरुको हालत खराब छ, तेस्को एउटै निचोड मैले हेरे त्यो हो हिन्दूराष्ट्र घोषणा । यो समाधान पनि हो, जनचाहना पनि हो र देशको राजनीति निकास पनि हो ।’
उनले भनेका छन्, ‘धर्मनिरपेक्षको माग कुनै जनताले गरेका थिएनन्, न कुनै आन्दोलन भएको थियो, केही नेताहरूले लोकतन्त्र को नाममा गरेको घोषणा मात्रै हो ।’
नेपाललाई हिन्दू राष्ट्र घोषणा गरेर धर्म, संस्कृति र परम्परा जोगाउन माग गरेका हुन् ।
तपाईको प्रतिक्रिया