राजविराज, १६ माघ । सनातन हिन्दू राष्ट्र नेपालका लागि संघर्ष गर्न सनातन गठबन्धन घोषणा भएको छ । देशमा क्रियाशील ११ वटा धार्मिक संगठन एवं अभियन्ताहरुको उपस्थितिमा राजविराजमा गठबन्धन घोषणा भएको हो ।
गठबन्धनको कार्य संचालनका लागि केन्द्रीय तहमा सर्वसहमतिबाट कमिटी गठन गरिएको छ ।
गठबन्धनको केन्द्रीय अध्यक्षमा संतोष पटेल, उपाध्यक्षद्वय सतेन्द्र आर्या र मंजू मण्डल, महासचिव राजेश यादव, सचिव रामनाथ सनातनी, कोषाध्यक्ष कृष्ण कुमार यादव, प्रवक्ताद्वय कृष्ण दहाल र महन्थ सत्यनारायण दास रहेका छन् ।
गठबन्धनका केन्द्रीय सदस्यहरु प्रदीप यादव, पिंकी महासेठ, दीपेश साह, राजीव गुप्ता, परमानन्द ठाकुर, राजकुमार रौनियार, केन्द्रीय सल्लहकारमा जय कुमार यादवलाई चयन गरेको छ ।
कमिटीमा आवश्यकताअनुसार थप गर्दै जाने एवं समान विचारधारा भएको संघ–संस्थासँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको अध्यक्ष पटेलले जनाएका छन् ।
गठबन्धनले ७ प्रदेश र ७७ जिल्लामा आफ्नो संगठन विस्तार गर्दै जाने र सनातन धर्मको आस्था माथि आक्रमण गर्ने, बोल्ने र विरोध गर्नेलाई कडा प्रतिकर गर्ने, भौतिक कारवाही र भण्डाफोर गर्ने कार्यक्रम तय गरेको छ ।
देशको समृद्धि, एकता, अखण्डता र राष्ट्रियताप्रति गठबन्धन पूर्ण रुपमा सजक र सचेत रहेको गठबन्धनले जनाएको छ ।
हिन्दू राष्ट्रका लागि बिभिन्न समयमा भएको आन्दोलनप्रति उच्च सम्मान व्यक्त गर्दै धर्म, संस्कृति रक्षा र सनातन धर्मका लागि आफ्नो प्राणको आहुति दिने वीर योद्धालाई नमन र प्रमाण गर्दै उहाँहरुको योगदान हाम्रो लागी प्रेणानाको स्रोतको रुपमा लिएको बताएको छ ।
राजविराजमा भएको सनातन गठबन्धनको उदघाटन समारोहमा हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, केन्द्रीय सदस्य पिंकी महासेठ, सनातन धर्म संरक्षण मंचका अध्यक्ष राजेश यादव, संयोजक सतेन्द्र आर्या, हिन्दू जागरण महासंघका अध्यक्ष अधिवक्ता बिनोद पाण्डे, विश्व सनातन नारायणी सेनाका अध्यक्ष रामनाथ सनातनी,सनातन हिन्दू परिषदका अध्यक्ष प्रदीप यादव,कोषाध्यक्ष कृष्ण यादव,सनातन चौतारीका प्रतिनिधि कृष्ण दहाल,हिन्दू सम्राट सेनाका राजेश यादव,चर्चित धार्मिक योद्धा जय कुमार यादव,सनातन संस्कृति फाउंडेशन जनकपुरधामका अध्यक्ष राजीव गुप्ता,गुरुकुल शिक्षा अभियानका सचिव मंजू मण्डल, सनातन संस्कृति नेपालका महासचिव प्रमानन्द ठाकुर, शिव सेनाका अध्यक्ष राजकुमार,महन्थ सत्यनारायण दास वैष्णव,ई.अनिल यादव सहित दर्जनौ हिन्दूवादी अभियन्ताहरुको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया