अजय कुमार सिंह, जनकपुरधाम, १७ माघ । जनकपुरधाम माता जानकीको पवित्र जन्मभूमि आफैमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पौराणिक महत्व बोकेको धरती हो ।
यहाँका हरेक पोखरी, मठमन्दिरको छुट्टै विशेषता रहेको छ । अर्कोतर्फ मधेश प्रदेशको राजधानी भएपछि यसको महत्व अझै बढ्दै गएको छ ।
यसको महत्वलाई चारचाँद लगाउने कार्यमा सहयोग संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले गर्दै आएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालयले जनकपुरको अव्यवस्थित सडकलाई व्यवस्थित बनाउँदै जनकपुरधामको मुहार नै फेरिएको छ ।
टुटेफुटेका सडक भत्केका नाला जताततै फोहरै फोहरले भरिएको जनकपुरको सुन्दर र सफा बनाउन सफल भएका छन् संघीय आयोजना कार्यान्वयन इकाई धनुषा ।
एशियाली विकास बैंकको सहयोगमा जनकपुरमा करिब ३२ किलोमिटर सडक कालोपत्रे निर्माण समपन्न गरेको छ । जनकपुरमा पानीको निकास नभएका कारण पानी जम्ने समस्याको पनि निकासको समस्याको समाधान भएको जनकपुर ८ रामानन्द चौकस्थित रहेका नरसिंह युथ क्लबका अध्यक्ष शरद लाभ बताउँछन् ।
लाभका अनुसार सुरुमा सहरी विकास कार्यालयका नामले चिनिने र अहिले संघीय आयोजना कार्यान्वयन इकाईका नामले जनकपुरमा ख्याती कमाउन सफल रहेका सो कार्यालयका कारण अव्यवस्थित जनकपुरको सडक र नालाको कायाकल्प भएको छ ।
एशियाली विकास बैंकको सहयोगमा संचालित परियोजना सघन सहरीले गर्दा जनकपुरको सडक र ढलको उचित व्यवस्था गरेका कारण आज जस्तोसुकै वर्षाको बेला पनि केही समयमा मात्र सडकमा जम्ने र तुरुन्तै पानी ढलको माध्यमले निकास हुने भएकोले जनकपुरवासी समस्याबट मुक्त भएका छन् ।
जनकपुर आज आफैमा एउटा चर्चाको विषय बनेको छ । जनकपुरको विकास निर्माणको क्षेत्रमा जनकपुर उपमहानगरपालिका र सघीय आयोजना कार्यान्वयन इकाई धनुषाले आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको देखिन्छ ।
जनकपुर उपमहानगरपालिकाले गर्नु पर्नेको कामको ६० प्रतिशत काम आयोजनाले गरिदिएका कारण आज जनकपुरको छुट्टै पहिचान स्थापित भएको छ ।
कुशल नेतृत्व, दूरगामी सोचका धनि र सबैलाई समेटेर अगाडि व्यक्तित्व भएका आयोजना प्रमुखका कारणले गर्दा पनि कामले गति लिएको स्थानीयहरुको कथन रहेको छ ।
आयोजना प्रमुखका रुपमा आएका दिनदेखि अहोरात खटिने व्यक्तित्व हुन प्रदिप खनाल । आफ्नो सूक्ष्म वुद्धि, तेज नजर र आफ्नो पेशामा दक्षता हासिल गरेका जहिले र जति बेलामा पनि कामकै सफलताको बारेमा चिन्तन गर्ने वाणी भएका कारणले गर्दा जनकपुरको विकासमा टेवा पुगेको छ ।
सहरी विकास मन्त्रालयकै सहयोगमा जनकपुरलाई सुन्दर सौन्र्दयकरणका काममा समेत आफ्नो लगानी लगाएका छन् । जनकपुरको अंगराज सर, दशरथ तलाउ, तेलहा, मरहा, लक्ष्मण सागर, नोचा पोखरी रुकमिणी सर, विडाल सर लगायतका पोखरीलाई सौन्र्दयकरण गरी जनकपुरको पोखरीहरुको भाग्य उदय गरेको छ ।
प्रदेश न. २ जुन आज मधेश प्रदेश भएको छ । जनकपुर १४ मुजेलियास्थित सहरी विकास मन्त्रालयले भ्याक्सीन खोप (भण्डारण गृह) निर्माण गरी स्थान्तरण गरिसकेको अवस्था छ भने अति आधुनिक प्रयोगशाला, मेडिकल स्टोर्र को शिलान्यास सहरी विकासमन्त्री रामकुमारी झाक्री, मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी र सामाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्त रुपमा गरेका थिए ।
त्यस्तै आधुनिक बस पार्कको पनि निर्माण गर्ने सोच बनाएका छन् भने करिव १० करोडको लागतमा दुधमति कोरिडोर निर्माण कार्यको सुरुवात भैसकेको अवस्था रहेको छ ।
जनकपुर उपमहानगरपालिका वडा न. ९ स्थित रुकमिणी सर विकास मंचका अध्यक्ष प्रमोद कुमार साहका अनुसारका जनकपुर उपमहानगर पालिकालाई विकास निर्माणका काममा संघीय आयोजना कार्यान्वयन इकाइले हातेमालो गरी थुप्रै कामहरु गरिदिएका कारण जनकपुरको विकासमा धेरै टेवा पुगेको बताउँछन् ।
जनकपुरको गल्ली गल्लीमा पिसिसि ढलानको काम गरि जनकपुरको हरेक बाटोलाई व्यवस्थित बनाई विकासमा महत्वपूर्ण सहयोग गरेका छन् ।
आज मधेश प्रदेशको राजधानी भएको छ जनकपुर । जनकपुरको महत्वलाई झल्काउने पौराणिक तथा धार्मिक महत्व मणिमण्डप (भगवान राम र माता सीताको विवाह स्थल)को निर्माण कार्य तीव्र गतिमा भइरहेको स्थानीय नेता संजय पाण्डे बताउँछन् ।
मणिमण्डलको निर्माण सम्पन्न भइसकेपछि जनकपुरकामा पर्यटकहरुको आवागमन बढेर जाने र जनकपुरधामको महत्व अझै बढ्ने छ ।
अब मन्त्री र मन्त्राललाई बढी समस्या पर्दैन करिब करिब हरेक ठाउँमा पिसिसि ढलान र नालाको उचित व्यवस्थापन भइसकेका कारण मधेश प्रदेशको राजधानीलाई कुनै कमी रहेको देखिदैन ।
बिजुलीवतीको क्षेत्रमा सोलारबतीको उचित व्यवस्थापनले गर्दा झिलिमिली जनकपुर भएको स्थानीयको भनाई रहेको छ । जनकपुरलाई राजधानी योग्य आवश्यक रहेक जिटिक्क परेको सडक, पानीको उचित निकास हुने ढल, ठाउँ ठाउँमा सोलार बती, मठ मन्दिरको उचित व्यवस्थापनमा ठूलो योगदान गरेका संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका आयोजना प्रमुख प्रदिप खनाल बधाईका पात्र सावित भएका छन् ।
जनकपुरका लागि अझै केही योजनाहरु रहेका छन् कि भन्ने प्रश्नको जवाफमा खनाल बताउँछन्, — जनकपुरधाम मधेश प्रदेशको राजधानी भएकाले उसको उचित व्यवस्थापन अनुसार महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्र, स्टेडियम, अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गर्ने, ढलको व्यवस्थापन, अव्यवस्थित बजारलाई व्यवस्थित बनाउनुको साथै जनकपुरको एरिया ठूलो भएकोले जनकपुर उपमहानगरपालिकासँग हातेमालो गरी व्यवस्थित गर्नेमा सहयोग पु¥याउने सोच रहेको बताए ।
तपाईको प्रतिक्रिया