ब्राउनसुगरसहित एक युवक पक्राउ

समाचार

कपिलवस्तु, १७ माघ । कपिलवस्तु नगरपालिका–२ बर्गदवाबाट ललितपुर महालक्ष्मी नगरपालिका–१ ईमाडोल बस्ने ३२ वर्षीय अरुण मोक्तानलाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।

करिब ३ ग्राम ५ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित आइतबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको छ ।

बा.७४ प ६८४९ नम्बरको मोटरसाइकलमा सवार अरुणलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ