जनकपुरधाम, १७ माघ । किसान आन्दोलनलाई निरन्तरता दिएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशका जिल्लाहरुमा बयलगाडा जुलुस निकालेको छ ।
आन्दोलनको कार्यक्रमअन्तगर्तत पार्टीले सोमबार बयलगाडा जुलुस निकालेको पार्टीका महासचिव चन्दन सिंहले बताए ।
पार्टीले किसानलाई समयमा मलखाद, बीउबिजन, सिँचाइको व्यवस्था गनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा रहेको छ ।
सरकारले किसानको माग पूर्ण नगरेसम्म आन्दोलन जारी रहने सिंहले बताए ।
तपाईको प्रतिक्रिया