धनगढी, १८ माघ । जिल्लाको धनगढी उपमहानगरपालिकाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।
प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सोमबार अस्पताल भर्ना भएका ती पुरुषको दिउँसो मृत्यु भएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया