पर्सा, १९ माघ । वीरगंज महानगरपालिका–१५ भिष्वा चोकमा पर्किङ गरी राखेको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।
सोही महानगरपालिका–२ बस्ने २० वर्षीय मोहमद अलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
बारा फेटा गाउँपालिका–३ बस्ने ३१ वर्षीय नरेश प्रसाद साहको उक्त मोटरसाइकल पार्किङ गरी राखेकोमा अलीले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरी चौकी भिष्वाडाडाँबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनी उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया