पर्सा, १९ माघ । वीरगंज महानगरपालिका–२२ जगरनाथपुरस्थित आईरियन्ट ईन्पोर्ट एण्ड स्पोर्ट कोईला डिपोमा बुधबार बिहान आगलागी भएको छ ।
आगलागी हुँदा अन्दाजी ५ टन बराबरको कोईला जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया