जनकपुरधाम, १९ माघ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियूका विद्यार्थीहरुले बुधबार प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् ।
अनेरास्ववियू मधेश प्रदेश कमिटीको आयोजनामा विद्यार्थीहरुले स्थानीय जनक चोकमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर, स्थानीय निर्वाचनको मिति घोषणा गर लगायतका नारा लगाएका थिए ।
तपाईको प्रतिक्रिया