काठमाडौं, २० माघ । एमसीसी पास गर्ने कसरतमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्ययक्ष महन्थ ठाकुरलाई आगैह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा देउवाले एमसीसी पास गर्ने विषयमा सहयोग गर्न ठाकुरलाई आग्रह गरेका छन् ।
एमसीसी देशको हितमा रहेकाले संसदबाट पास गर्न लोसपाको भूमिका महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए । जवाफमा अध्यक्ष ठाकुरले एमसीसी पास गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको बताएका थिए ।
सो क्रममा प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा एमसीसी टेबल गर्ने विषयमा आनाकानी गरे सभामुखको विकल्प समेत खोज्न सकिने बताएका थिए ।
प्रधानमन्त्री देउवाले सभामुखलाई हटाउने अवस्था आए त्यसबेला आफूलाई सहयोग गर्न पनि ठाकुरसँग आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया