काठमाडौं, २० माघ । नेपाल सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पेश गर्नका लागि छलफल थाल्दा चिनियाँ पक्षले त्यसलाई पेश नगर्न दबाब दिँदै आएको छ ।
खासगरी कम्युनिष्ट पार्टीका नेताहरुलाई चिनियाँ पक्षले दबाब र प्रभावमा पारेपछि संसदबाट एमसीसी पास नगर्न दबाब दिने गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक स्थगित गर्ने आफ्नो अधिकारलाई प्रयोग गर्दा सरकार प्रमुखलाई पनि जानकारी दिनुपर्छ भन्ने बिर्से वा उनी कसैको डिजाइनमा यस्तो गर्दै थियो भन्ने बारेमा नेपाली कांग्रेसभित्र व्यापक छलफलसमेत भएको छ ।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र सभामुख सापकोटासँग चिनियाँ राजदूतावासबाट संसदमा एमसीसीको प्रस्ताव जान लागेको सूचना प्रवाह भयो ।
सो सूचनाअनुसार दुवैले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका थिए । संसद बैठक स्थगित गराउने डिजाइन चिनियाँकै हो जुन विषयमा प्रधानमन्त्रीसमेत जानकार छैनन् ।
कांग्रेस नेताहरुले चिनियाँकै निर्देशनमा संसद स्थगित भएको हो । भारतको कुनै नेताको फोन आयो वा भेट्न आयो भने पनि राष्ट्रवाद झल्काउँदै कार्यकर्तालाई विरोध गर्न सडकमा पठाउँछन् नेपालका कम्युनिष्ट नेताहरु तर चिनियाँ नेताले हस्तक्षेप नै गरे भने पनि गुपचुप लाग्छन् ।
प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले गरेका छन् । कुराकानीको क्रममा एमसीसी तत्काल संसदमा पेश गर्नबाट टाढा सार्नुपर्ने आग्रह गरिएको हो ।
प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग एमसीसी पास गर्नुपर्ने भन्दै संसदमा लैजान चाहेका छन् । देउवाले संसदमा एमसीसी प्रस्ताव अनुमोदनका लागि लैजाने तर मत जसरी हाले पनि त्यसले सत्ता गठबन्धनमा केही फरक नपर्ने आश्वासन दिँदै त्यसका लागि आफूलाई सहयोग गर्न सत्ता गठबन्धन दलका नेताहरुसँग आग्रह गर्दै आएका छन् ।
तर प्रधानमन्त्रीसँग भएको यो कुराकानीलाई पनि बेवास्ता गर्दै सत्ता गठबन्धन दलभित्रकै माओवादी केन्द्रले प्रधानमन्त्रीलाई धोका दिएको कांग्रेसले महसुस गरेको छ ।
तपाईको प्रतिक्रिया