धनुषामा एकलाख भन्दा बढी जनसंख्या वृद्धि

समाचार

जनकपुरधाम, २० माघ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नजिता अनुसार धनुषाको जनसंख्या साढे ८ लाख भन्दा बढी रहेको छ । यस जिल्लामा १० वर्षको अवधिमा एकलाख भन्दा बढीले जनसंख्या वृद्धि भएको हो । तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार धनुषाको कुल जनसंख्या ८ लाख ७२ हजार ७ सय १३ रहेको छ । जनगणना २०६८ अनुसार धनुषामा कुल जनसंख्या ७ लाख ५४ हजार ७ सय ७७ रहेको थियो । यस एक दशकमा जिल्लामा १ लाख १७ हजार ९ सय ३६ जनसंख्याको वृद्धि भएको हो । जनगणनाको तथ्यांक अनुसार धनुषामा ४ लाख ३८ हजार ९ सय १ जना महिला र ४ लाख ३३ हजार ८ सय १२ जना महिला रहेकी छिन् । २०६८ मा भने ३ लाख ७८ हजार ५ सय ३८ पुरुष र ३ लाख ७६ हजार २ सय ३९ जना महिलाको गणना गरिएको थियो । धनुषामा जनकपुरधाम उपमहानगरपालिकामा सबैभन्दा बढी जनसंख्या रहेका छन् । यहाँ १ लाख ९५ हजार ४ सय ३८ जनसंख्या रहेको छ । त्यस्तै सबैला नगरपालिकामा ६२ हजार ५ सय १०, शहीदनगर नगरपालिकामा ५३ हजार ५ सय ४६, धनुषाधाम नगरपालिकामा ५३ हजार ३५, क्षिरेश्वरनाथ नगरपालिकामा ५३ हजार ३१, मिथिला नगरपालिकामा ४७ हजार ४ सय ८, कमला नगरपालिकामा ४५ हजार ४ सय ७७, हंसपुर नगरपालिकामा ४४ हजार ९ सय २९, गणेशमान चारनाथ नगरपालिकामा ४४ हजार ९ सय, मिथिला विहारी नगरपालिकामा ३८ हजार ८, नगराइन नगरपालिकामा ३७ हजार ९ सय ४९ र विदेह नगरपालिकामा ३७ हजार ८ सय ८१ जनसंख्या रहेका छन् । यस्तै लक्ष्मीनिया गाउँपालिकामा ३३ हजार २ सय १२, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा २९ हजार ३ सय ५१, जनकन्दिनी गाउँपालिकामा २८ हजार २ सय ६७, औरही गाउँपालिकामा २४ हजार ३ सय ३८, धनौजी गाउँपालिकामा २१ हजार ९ सय ६० र, बटेश्वर गाउँपालिकामा २१ हजार ४ सय ७३ जनसंख्या रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ