कपिलवस्तु, २१ माघ । यशोधरा गाउँपालिका–८ सिहंखोर बस्ने २० वर्षीया रहिसुन निसाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने रहिसुनकै श्रीमान २२ वर्षीय महम्मद नसिम अलिभाट र मृतककै ससुरा ५० वर्षीय अब्बास अलिभाट रहेका छन् ।
उनीहरुले रहिसुनलाई झुण्डाएर हत्या गरी शव गाडेर सतगत गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया