बाँके, २१ माघ । नेपालगंज उपमहानगरपालिका–७ गगनगंज बस्ने आदित्य श्रेष्ठलाई ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, तौल गर्ने तराजु र नगद १० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो उनको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
साथै उनकै कोठामा बसिरहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ३८ वर्षीय गणेश भण्डारी र नेपालगंज उपमहानगरपालिका–७ गगनगंज बस्ने २६ वर्षीय अंकित श्रेष्ठको साथबाट नगद १ लाख ३४ हजार रुपैयाँ फेला पारी प्रहरीले पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया