रौतहट, २१ माघ । अविरल वर्षाका कारण घर भत्किँदा सोही घरले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
बौधीमाई नगरपालिका–१ अजगैबी बस्ने ४५ वर्षीया फुलमतिया देवीको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा अबिरल बर्षाको कारण घर भत्किँन जाँदा च्यापिएर गम्भीर घाइते भएकी उनको उपचारको लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया