धनुषा, २१ माघ । विद्यालयको प्रांगणमा रहेको भिस (मसाला) को रूख हावाहुरीको कारण भाँचिएर चोट लाग्दा दुई जनाको मृत्यु भएको छ ।
सबैला नगरपालिका–१२ स्थित फकिरचन उच्च माविको प्राङगणमा रहेको शुक्रबार दिउँसो भाचिँदा चोट लागेर २ जना बालबालिकाको मृत्यु भएको छ ।
उक्त रूखले लाग्दा सोही ठाउँ बस्ने महेन्द्र सादाकी छोरी ८ वर्षीया प्रतिमा कुमारी सादाको घटनास्थलमै र गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चन्देश्वर सादाको छोरा ७ वर्षीय अरबिन्द सादाको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया