हत्यामा संलग्न थप २ जना फरार अभियुक्तहरू पक्राउ

समाचार

मोरङ, २२ माघ । धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको घटनामा संलग्न थप २ जना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका–३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका–६ जिरोगौवा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा माघ १२ गते सप्तरी शम्भुनाथ नगरपालिका–४ बस्ने ३२ वर्षीय शम्भु कुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका–३ घर भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ समेतको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ