रुपन्देही, २२ माघ । तिलोत्तमा नगरपालिका–९ स्थित सडकमा लु.३७ प ६३५१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका–१५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया