स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

रुपन्देही, २३ माघ । बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलस्थित सडकमा बा.१९ च ९१५७ नम्बरको स्कारपियो गाडीले लु. २४ प २७५७ नम्बरको मोटरसाइकललाई एक युवकको मृत्यु भएको छ ।

शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका–१ घर भएका ३० वर्षीय वाशु आचार्यको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ