लागूऔषधसहित दुई जना पक्राउ

समाचार

कैलाली, गौरीगंगा नगरपालिका–१० उदासिपुरबाट ४ केजी ५ सय ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४५ वर्षीय मान बहादुर धामी र ३२ वर्षीय बिर्ख धामी रहेका छन् ।

से.२ प ४११५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ