मोरङ, २४ माघ । सुन्दरहरैचा नगरपालिका–७ स्थित विश्वकर्मा मन्दिर अगाडि सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, एभिल ९ एम्पुल, फेनारगन १० एम्पुल र लुप्रिजेसिक १० एम्पुल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका–१ बस्ने ३६ वर्षीय सुरज गुरुङ, केरावारी गाउँपालिका–१० बस्ने २५ वर्षीय तेज कुमार मगर र सोही गाउँपालिका–७ बस्ने २६ वर्षीय नगेन्द्र लिम्बु रहेका छन् ।
बेलबारी नगरपालिका–३ बस्ने ४३ वर्षीय रिक्तमान गुरुङले सोही नगरपालिका–१ स्थित सिनेमा हल अगाडि पार्किङ गरी राखेको प्रदेश नम्बर ३–०१–०२५ च ९७५० नम्बरको कार सुरज गुरुङले चोरी गरी लगेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कार खोजतलास गर्नेक्रममा कारमा रहेका तीनै जनालाई नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिक्रिया