ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु

समाचार

रुपन्देही, २४ माघ । बुटवल उपमहानगरपालिका–१२ स्थित सडकमा रोकी राखेको ना.२ ख ९७७२ नम्बरको ट्रकमा लु.३ च ४४४२ नम्बरको कार ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा कारमा सवार ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कारका चालक बुटवल उपमहानगरपालिका–१२ बस्ने ३० वर्षीय नेवार नबिन श्रेष्ठ, सोही ठाउँ बस्ने २८ वर्षीय सविन थारु र २९ वर्षीय गोबिन्द चौधरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ