पर्सा, २४ माघ । जिराभवानीपुर गाउँपालिका–४ भवानीपुरस्थित सडकमा बा.५५ प ६५२८ नम्बरको मोटरसाइकल र ना.४ त ८१४६ नम्बरको ट्याक्टर ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ मृत्यु हुनेहरुमा सोही गाउँपालिका–४ भवानीपुर बस्ने ३० वर्षीया बिद्यादेवी र उनकै छोरी ४ वर्षीया अन्या कुमारी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि लैजाने क्रममा अन्याको बाटोमै र विद्याको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५० वर्षीय रामाधार महतो थारुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणामा लिएको छ ।
तपाईको प्रतिक्रिया