रुपन्देही, २४ माघ । लुम्बिनी सास्कृतिक नगरपालिका–१ भगावनपुर घर भएका विष्णु नारायणको सोही ठाउँ खुनगाईस्थित विद्युत सर्ट भई आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ ।
पंकज ईलेक्टोनिक एण्ड मोबाईल सेन्टरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा पसलमा रहेको सामानहरु जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया