काठमाडौं, २४ माघ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय सरकारले गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन मिति तय गरेको मन्त्रिरिषद् स्रोतले जनाएको हो ।
यसअघि जेठ ४ मा स्थानीय निकाय निर्वाचन गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग जानकारी लिएका थिए ।
तपाईको प्रतिक्रिया