स्थानीय निर्वाचनका लागि उम्मेद्वार सिफारिस पठाउन सीके राउतको आह्वान

समाचार

काठमाडौं, २५ माघ । डेढ महिनासम्म किसानको नाममा आन्दोलन गरेको डा.सीके राउत नेतृत्वको जनमत पार्टी अब स्थानीय तहको निर्वाचन तयारीमा तीव्रता दिएको छ ।

सोमबार नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन मिति आगामी बैशाख ३० गते गर्ने निर्णय गरेलगत्तै जनमतका नेता कार्यकर्ताहरु चुनावी प्रचारमा जुटेका छन् ।

यसैबीच, जनमतका अध्यक्ष डा.सीके राउतले आफ्ना पार्टीबाट उम्मेद्वारको सिफारिस पठाउन आह्वान गरेका हुन् ।

डा.राउतले भनेका छन्, ‘जनमत पार्टीको तर्फबाट उम्मेद्वार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेद्वारहरुको नाम सिफारिस गरी केन्द्रीय सचिवालयमा पठाउन हुन अनुरोध छ ।’

 
No photo description available.
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ