कपिलवस्तु, २५ माघ । मायादेवी गाउँपालिका–४ ठाकुरापुरस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
स्पास्मो ५ सय ३६ ट्याब्लेट र नाइट्राभेट ९० ट्याब्लेट सहित कपिलवस्तु नगरपालिका–७ धरमपनियाँ बस्ने २८ वर्षीय अफ्तर अलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लु.३३ प ९३०६ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी चाकरचौँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अलीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया