कैलाली, २५ माघ । लम्कीचुहा नगरपालिका–४ छोट्की बलियास्थित चोरी खोलाबाट दुर्लभ वन्यजन्तु जीवित सालक सहित सोही नगरपालिका–१ बस्ने जनक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो चौधरीले सालक नामको दुर्लभ वन्यजन्तु लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त जीवित सालक सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई उक्त सालक सहित आवश्यक अनुसन्धानको लागि सब डिभिजन वन कार्यालय लम्की पठाइएको छ ।
तपाईको प्रतिक्रिया