खाना पकाउने क्रममा जलेर वृद्धाको मृत्यु

समाचार

धनुषा, २५ माघ । क्षिरेश्वरनाथ नगरपालिका–९ ईच्छापुर बस्ने ८० वर्षीया मटरी देवी पंडितको खाना पकाउने क्रममा जलेर सोमबार राति मृत्यु भएको छ ।

आफ्नै घरमा खाना पकाउने क्रममा साडीमा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ