काठमाडौं, २५ माघ । रौतहटको इशानाथ नगरपालिकामा केही मुस्लिम महिलाहरुले सरस्वती पूजाको मुर्ति विसर्जन गर्ने दिन मुर्ति माथि चप्पल प्रहार गरेको उजुरी माथि मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको गम्भीर ध्यानकर्षण भएको छ ।
सो घटनाको बारेमा विस्तृत बुझ्न अध्यक्ष डा.दत्तले रौतहटका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन सम्पर्क गरी जानकारी लिनुका साथै सत्यतथ्य बुझी घटनामा संलग्नलाई तुरुन्त कानूनी दायरामा ल्याउनसमेत निर्देशन दिए ।
प्रमुख जिल्ला अधिकारीले घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी गराए ।
‘यस्ता घटनाहरुलाई दोहोरिन नदिन हामी सबैको साझा कर्तव्य हो । यस्ता घटनाहरुले सामजिक र धार्मिक द्वन्द्व फैलिन्छ र समाजमा एक–अर्काबीच दूरी बढाउँछ । तसर्थ यस्ता घटनाहरुप्रति सबै सचेत रहन र यस्ता घटना घटेमा प्रहरी–प्रशासन वा मधेशी आयोगको हेल्पलाइन ११५२ मा सम्पर्क गर्नुहुन समेत अध्यक्ष डा.दत्तले बताए ।
तपाईको प्रतिक्रिया