मोरङ, २५ माघ । ग्रामथान गाउँपालिका–६ भर्चौल बस्ने बजरुलाल माझीको घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
आगलागी हुँदा घर, को. ३१ प २९५४ नम्बरको मोटरसाइकल, लत्ताकपडा, भाडावर्तन अन्नपात लगायतका सामान जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
साथै उक्त आगलागीबाट सोही घरमा डेरा गरी बस्ने हितेश कुमार माझीको नगद २५ हजार रुपैयाँ, साइकल, मोबाइल, लत्ताकपडा, भाडावर्तन र फर्निचरको सामान गरी करिब २ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल समेत नष्ट भएको छ ।
आगलागीमा परी घाइते भएका बजरुलाल माझीको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।
तपाईको प्रतिक्रिया