मोरङ, २६ माघ । रंगेली नगरालिका–८ झमनपुर बस्ने ५५ वर्षीय मंगलु ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने अर्जुन दाहालको घरमा कल मर्मत गर्ने क्रममा मंगलबार दिउँसो करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया